जिल्ला कैलाली लम्की चुहा नगरपालिका वडा नं. १ लम्की बजारमा स्थापित भएको कर्णाली रिभर साइड बस व्यवसायी समिती मिती २०६९ सालमा दर्ता भई देशका विभिन्न भागमा आनो स्तरिय सेवा प्रदान गर्दै आइरहेको छ। उक्त संस्थालाई दर्ता गर्नका लागी कर्णाली रिभर साइड बस व्यवसायी समितीका सस्थापक अध्यक्ष श्री धिरज बहादुर शाही ज्यू,कार्यसमितीमा रहनु भएका सम्पूर्ण पदाधिकारी ज्यूहरुको ठुलो योगदान रहेको थियो । संस्था दर्ता गराउदा बिभिन्न पदाधिकारी साथिहरु जेल नेल र घाइते हुनुभएको थियो देशमा भएका ठुला समितीहरुले एकाअधिकार प्रयोग गरि नयाँ संस्था दर्ता गर्न नपाउने भनि सेन्डीकेट लगाएका कारण त्यसका बाबजुत पनि यस लम्की क्षेत्रमा रहनुहुने सम्पूर्ण राजनिती दल, व्यापारी, बुद्धिजिबी लगायत आम जनसमुदायको सहयोगका कारण कर्णाली रिभर साइड बस व्यवसायी समिती स्थापित हुन सफल भएको थियो । झण्डै १० बर्ष संस्थाको अध्यक्ष रहनु भएका श्री धिरज बहादुर शाही ज्यू को कार्यकालमा नै नेपाल सरकार यातायात व्यवस्था मन्त्रालयले २०७६ सालमा देश भरिकानै सम्पूर्ण यातायात समिती खारेजी गरि प्रा.लि. मा दर्ता हुुन आह्वान गरेपछि २०७६ साल जेष्ट १९ गतेका दिन कर्णाली रिभर साइड यातायात बस व्यवसायी समितीलाई खारेजी गरि रिभर साइड यातायात प्रा.लि. मा दर्ता गरि संचालनमा रहेकोछ यस रिभर साइड यातायात प्रा.लि. ले देशका मूख्य शहरहरुमा अहिलेको बर्तमान परिस्थिती र यात्रुहरुको माग अनुसार स्तरिय सेवा सुविधा सोफा सिटर ए.सी, सोफा सिटर डिलक्स र नर्मल सेवाहरु संचालन गर्दै आइरहेको छ साथै यस संस्थामा हाल संचालनमा रहेका २०० भन्दा माथीको संख्यामा सवारी साधन रहेका छन् ।
Copyright © Riverside Yatayat. All Rights Reserved.
Designed by Kunwar IT And Design Pvt.Ltd.